आगामी तीन दिन देशभर वर्षाको सम्भावना

शुक्रबारदेखि तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । आज देशभर बदली छ । धेरै स्थानमा वर्षा हुने भएको छ । दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एक-दुई स्थानमा भने भारी वर्षाको पनि सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति गण्डकी र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको आकलन गरिएको छ । शनिबार पनि मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको हुनसक्ने महाशाखाले जनाएको छ ।

आइतबार पनि देशभर वर्षाको प्रक्षेपण गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीका थोरै स्थानमा र बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 


१३ साउन २०७९, शुक्रवार ०७:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु