एसईईको नतिजा चित नबुझे २७ गतेसम्म पुनर्योग गर्न पाइने

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा चित नबुझे पुनर्योग गर्न निवेदन दिन पाउने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीहरुले आफुले प्राप्त गरेको ग्रेडमा चित्त नबुझे पुनर्योग गर्न निवेदन सकिने व्यवस्था मिलाएको हो ।

पुनर्योग चाहेमा विभिन्न प्रक्रिया पुरा गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाइमा वा सोझै परीक्षा नियन्त्रण कार्यालयमा फारम भरी बुझाउनुपर्नेछ । पुनर्योग गराउने समय श्रावण २७ गते सम्ममा रहेको छ ।

निवेदन दस्तुर प्रति विषय पाँच सय का दरले हुने रकम राजश्व खाता नं १४२२३ मा जम्मा गर्नुपर्नेछ । निवेदनको ढाँचा परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेवसाइट वा राष्ट्रिय परीक्षा बोर्डको वेवसाइटबाट डाउनलोड गरी प्राप्त गर्न सकिनेछ।


१३ साउन २०७९, शुक्रवार ०७:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु