कैलारीका चौधरीले ५३ बर्षको उमेरमा एसईई पास गरे

कैलालीको कैलारी गाउँपालिका ६ बनकट्टाका भागीराम चौधरीले ५३ बर्षको उमेरमा एसईई उत्र्तीण गरेका छन् । २९औं पटकसम्म एसएलसी तथा एसईईमा अनुत्तीर्ण भएका चौधरीले अन्ततः ३० औं पटकको प्रयासमा एसईई उत्र्तीण गरेका छन् ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले बुधबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा अनुसार उनी २.५ जीपीए ल्याइ पास भएका हुन् ।

२०४८ देखि एसएलसी परीक्षा दिदै आएका उनी कोरोना महामारीको अवधिमा भने परीक्षामा सहभागी भएनन् । शिक्षा प्राप्तिको निकै लामो संघर्ष र दृढ आत्मविश्वासपछि एसईई उत्तीर्ण भएका उनले आफू कार्यरत रहेको विद्यालयमै कक्षा ११ भर्ना हुने योजना रहेको बताए ।


१२ साउन २०७९, बिहीवार १६:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु