कोरोनाबाट थप २ जनाको मृत्यु, ७१० जनामा संक्रमण पुष्टि

देशभर गत २४ घण्टामा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । त्यस्तै, यस अवधिमा थप ७१० जनामा संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको २ हजार ५ सय ४१ पिसिआर परिक्षणका क्रममा ५ सय २४ जना र २ हजार ४ सय ८४ एन्टीजेन परिक्षणका क्रममा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ९६२ जना पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप २१५ संक्रमित निको भएका छन् । यससँगै हालसम्म ९ लाख ६९ हजार २१९ जना कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४ हजार २३६ जना पुगेको मन्त्रालयले जनाएको छ ।


१२ साउन २०७९, बिहीवार १६:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु