सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

नेपालमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ८ सय रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

हिजो छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार र तेजाबी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । हिजो तोलामा ११ सय ५५ रुपैयाँ रहेको चाँदीको मूल्य आज ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।


१२ साउन २०७९, बिहीवार ११:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु