धनगढी मालपोत सडक नबन्दा सास्ती

कैलाली उद्योग वाणिज्य संघको कार्यक्रममा सहभागी हुन आएकी धनगढी -६ की रेवती एसकेलाई बाटोमा आउँदा निकै अप्ठेरो भयो । ‘राम्रै बाटो होला अव त बनिसकेकोको होला सोचर आएकी थिए, तर अहिले सम्म बाटो बनेको रहेनछ,’ बन्छ भन्दा भन्दै फेरी यो वर्षमा पनि यो सडक उस्तै रहेछ उनले भनिन । रेवतीलाई मात्रै होइन त्यो सडकबाट डिडडुल गर्ने थुर्पै यात्रु तथा कर्मचारीलाई गाह्रो भइरहेको छ । बर्खामा समयमा पानी जमेर तथा खाल्डाखुल्डीमा गाडी फसेर बिग्रिने तथा दुर्घटना हुने गरेको छ ।

कैलाली उद्योग वाणिज्य संघमा कार्यरत एक जना कर्मचारीले १० वर्षदेखि यो बाटो नबन्दा समस्या भोग्दै आएको बताइन् । अर्को वर्ष भन्दा भन्दै १० वर्ष सम्म यो बाटो बनेन उनले भनिन् कति पटक पानी आएको समयमा स्कुटर बिग्रिएको छ । ‘स्कुटरबाट पनि लडेको छु, उनले भनिन् यो वर्ष नाली बनेको छ दुवै तर्फ सडक राम्रो बन्छ कि भन्ने आशा छ ।,’
धनगढी उप-महानगरपालिका १ मालपोत रोडमै मन्त्रालय, स्वास्थ्य संस्था, थुर्पै कार्यालय तथा संघसंस्था रहेका छन् । यो सडकमा अझै पनि सडक बन्न नसेक पछि यहाँ सेवा लिन आउने पनि थुर्पै यात्रुलाई असहज हुने गरेको छ ।

No description available.
मालपोत कार्यालय कैलालीमा सेवा लिन आउनु भएका धनगढी ५ का सुनिता रानालाई सडक नबन्दा समस्या भएको बताइन् । उनले बर्षौ देखि यो सडक बन्न नसक्नु र काममा ढिला सुस्ती हुनु लापरबाही भएको बताइन् ।
सडक छेउमा वर्षौँदेखि खाना, नास्ताका पसल सञ्चालन गर्दै आएका व्यापारीलाई समेत सडक नबन्दा समस्या हुने गरेको छ । नारायण ढकाल मालपोत रोडमै ३० वर्षदेखि होटेल सञ्चालन गर्दै आएका छन् । कहिले धुलो धुवा त कहिले बर्खाको हिलोले ग्राहक आउन मन नगर्ने उनले बताए । ‘सडक पनि राम्रो छैन अहिले दुवै तर्फ नाली खनेर छोडेका छन् बाटोमा खाल्डा खुल्डी छन् बर्खा लागेर काम बन्द भएको छ, उनले भने हामीलाई पनि गाह्रै छ ।’, सडक नबनेकै कारण पनि ग्राहक अन्तै जाने उनको भनाई छ ।

No description available.
धनगढी मालपोत रोडको १० मिटर लामो बाटो क्षेत्रीय सहरी विकास आयोजना धनगढीले बनाइ रहेको छ । धनगढीका विभिन्न सडक बनाउँदै आएकोमा मालपोत रोडको काम २०७८ माघ देखि मात्रै सुरु भएको क्षेत्रीय सहरी विकास आयोजना धनगढीका सूचना अधिकारी द्रोण कटवालले बताए । ‘काम सुरु भएको धेरै भएको छैन माघ÷फागुनबाट मात्रै काम सुरु भएको हो, बर्खा लागेका कारण केही ढिलाइ भयो दसैँ अघि काम सक्ने योजना छ,’उनले भने । सडकमा केही रुखहरू र पर्खालहरू हटाउन लाग्दा पनि काममा ढिलाइ भएको उनको भनाई छ । सडकको दुवै तर्फ नाली निर्माण र केही स्थानमा ग्राबील फाली सकेको हुँदा पनि काम छिट्टै सम्पन्न हुने उनले बताए ।

No description available.

मालपोत रोडमा सामाजिक विकास मन्त्रालय, कैलाली उद्योग वाणिज्य सङ्घ, वडा प्रहरी कार्यालय कैलाली, मालपोत कार्यालय कैलाली, सेती प्रादेशिक अस्पतालको शव गृह, कोरोना अस्थायी अस्पताल, धनगढी रङ्गशाला, टीसीएन लगायत धेरै कार्यालय एउटै सडकमा पर्छन् । सहरकै सबैभन्दा व्यस्त र सेवाग्राहीको भीड लाग्ने सडक नै बन्न नसक्दा हजारौँ सेवाग्राहीले समस्या झेल्दै आएका छन् ।

 

 

 

 


१२ साउन २०७९, बिहीवार १०:५० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु