कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ
कैलालीमा लागुऔषधसहित ३ जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–३ बस्ने २३ वर्षीय बुटा सिंहको घरमा खैरो हिरोईनको कारोबार भइरहेको छ भन्ने बिशेष सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
भजनीका सिंहसहित टीकापुर–१ बस्ने वर्ष ३१ का जिवन शाह र टीकापुर–६ नरायणपुर बस्ने वर्ष २१ का अमित रावल पक्राउ परेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ४७० मिलिग्राम खैरो हेरोईनसहित पक्राउ गरेको हो ।
पक्राउ परेका ३ जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
८ साउन २०७९, आइतवार १७:५२ बजे प्रकाशित












