एआईजी आचार्य सवार गाडी बारामा दुर्घटना

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मुकुद आचार्य दुर्घटनामा परेका छन् । उनी बारामा दुर्घटनामा परेका हुन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार एआईजी आचार्य सवार बा अ ७४७३ नम्बरको गाडी बाराको कोल्बी झरझरेको घुम्तीमा दुर्घटना भएको हो । गाडी क्षति भए पनि एआईजी आचार्यको अवस्था भने सामान्य छ ।

आर्चाय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत छन् ।


६ साउन २०७९, शुक्रवार १८:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु