जुवा खालबाट ३८ हजार नगदसहित ७ जुवाडे पक्राउ
पर्वतको कुश्मा नगरपालिका–४ स्थित जुवा खालमा प्रहरीले छापा मारेको छ। कुश्मा नगरपालिका–४ स्थित जिरो बस्ने निसा पुनको घरमा छापा मारेर ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
प्रहरीले जुवा खालबाट ३८ हजार ५ सय २० रूपैयाँ नगद र २ सय ८ पत्ति तास बरामद गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
६ साउन २०७९, शुक्रवार १४:४४ बजे प्रकाशित












