‘स्वस्थ र स्वच्छ सुन्दर सुदूरपश्चिम प्रदेश बनाउने अभियानमा छौँ’ :राज्यमन्त्री रैका

सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास राज्यमन्त्री टेक बहादुर रैकाले स्वास्थ सेवामा सबै जनताको पहुँच गराई स्वस्थ र स्वच्छ सुन्दर सुदूरपश्चिम प्रदेश बनाउने अभियानमा प्रदेश सरकार रहेको बताएका छन् ।

पोलियो मुक्त प्रदेश निर्माणका लागि २ दिने समीक्षा गोष्ठीको धनगढीमा उद्घघाटन गर्दै राज्यमन्त्री रैकाले यस्तो बताएका हुन् । उनले स्वास्थ सेवालाई थप सुधार गरी गुणस्तरीय, विश्वस्नीय र सर्बसुलभ बनाउनु पर्ने र पहुँच सुनिश्चितता गराउँने बताए ।

कार्यक्रममा सामाजिक बिकास मन्त्रालयका स्वास्थ महाशाखा प्रमुख दयाकृष्ण पन्त, स्वास्थ निर्देशानालय निर्देशक डा जगदिश ज‍ोशी, अधिकृत ओमप्रकाश जोशी लगायतकाले मन्तब्य राखेका थिए ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक बिकास मन्त्रालय, स्वास्थ निर्देशानालय दिपायलको संयोजन र विश्व स्वास्थ संगठनको सहयोगमा स्वास्थ सेवा बिभाग काठमाडौंले कार्यक्रम आयोजनामा गरेको हो ।


४ साउन २०७९, बुधवार १३:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु