कांग्रेसको प्रमुख सचेतकमा चित्रलेखा, मिन विश्वकर्मा सचेतक

नेपाली कांग्रेसको प्रमुख सचेतकमा चित्रखेला यादव र सचेतकमा मिन विश्वकर्मा मनोनीत भएका छन् ।

संसदीय दलका नेता शेरबहादुर देउवाले उनीहरूलाई मनोनीत गरेका हुन् ।

यादव कांग्रेस कोषाध्यक्ष हुन् भने विश्वकर्मा केन्द्रीय सदस्य छन् । यसअघि प्रमुख सचेतक रहेका बालकृष्ण खाण गृहमन्त्रीमा नियुक्त भएपछि सो ठाउँ रिक्त थियो ।


४ साउन २०७९, बुधवार १२:४९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु