एक हजार मत गणना गर्दा एमाले ९३ मतले अगाडि

बाजुराको बुढीगंगा नगरपालिकाको मतगणना जारी छ । अहिलेसम्म १ हजार मतगणना सकिएको बुढीगंगाको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

अहिले वडा नं १ र १० को मतगणना भइरहेको छ । १ हजार मतको गणना सकिएकोमा एमालेले मेयरमा ५२० मत ल्याउँदै पहिलो स्थानमा रहेको छ । कांग्रेस ४२७ मतका साथ दोस्रो स्थानमा छ ।

यस्तै उपमेयरमा एमालेले ५१५ मत ल्याएको छ भने कांग्रेसले ४३५ मत पाएको छ।

यहाँ मेयर पदका लागि नेपाली कांग्रेसबाट रंगबहादुर खाती र एमालेबाट रामबहादुर बानियाँ उम्मेदवार छन् ।

यस्तै, उपमेयरमा कांग्रेसबाट रिता शाही शाह र एमालेबाट मायाकुमारी खड्का कुँवर उम्मेदवार छन् ।

 


२४ असार २०७९, शुक्रवार १९:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु