जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन
गोली लागी गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जो आवेको निधन भएको छ । शुक्रबार बिहान आवेले भाषण दिइरहेका बेलामा उनीमाथि पछाडिबाट गोली प्रहार भएको थियो ।
जापानी मिडियाका अनुसार गोली लागेपछि आबेलाई कार्डियाक अरेस्ट भएको थियो । प्रहरीले गोली चलाएको आशंकामा ४१ वर्षीय व्यक्तिलाई पक्राउ गरेको जनाएको छ । संदिग्ध व्यक्ति तेत्सुया यामागामीलाई उद्धृत गर्दै पुलिसले आबेसँग असन्तुष्ट रहेको र उनलाई मार्न चाहेको बताएको छ ।
प्रधानमन्त्री फुमियो किशिदाले पश्चिमी सहर नारामा भएको गोलीकाण्डलाई जापानको लोकतन्त्रको जगमा अस्वीकार्य आक्रमण भएको भन्दै निन्दा गरेका छन्।
२४ असार २०७९, शुक्रवार १८:२१ बजे प्रकाशित













