दुई हप्तापछि खुल्यो पहिरोले अवरुद्ध पोखरा–सिक्लेस सडक
असार पहिलो साताको पहिरो खस्दा अवरुद्ध पोखरा–सिक्लेस सडक बिहीबारदेखि पुन सञ्चालनमा आएको छ । आधा दर्जन भन्दा बढी पहिरो खस्दा २ हप्तादेखि सडक अवरुद्ध थियो ।
मादी गाउँपालिका ७, ६ चिप्ली र तप्राङको बीचमा र मादी १ को पुदू खोलाको वारि, पारि दुवै भागमा पहिरोले सडक भत्काएको थियो । एक्साभेटरले पहिरो पन्छाउनमात्रै ५ दिनभन्दा बढी लागेको मादी गाउँपालिका-१ का वडाध्यक्ष देवीजङ गुरुङले जानकारी दिए ।
२३ असार २०७९, बिहीवार १४:१५ बजे प्रकाशित






























