जनार्दन शर्माले राजीनामा दिएर त्याग र नैतिकताको सन्देश दिनुभयो: प्रचण्ड
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएर नैतिकता र त्यागको सन्देश दिएका बताएका छन् । आज केन्द्रीय समिति बैठकमा अध्यक्ष दाहालले शर्माले आफूले केही नगरेको बताएको र त्यसबाट सकारात्मक सन्देश गएको बताएका हुन् ।
‘आफूले केही गरेको छैन भन्नुभएको छ र एउटा सन्देश गएको छ । नैतिकता र त्यागको सन्देश गएको छ । संसद्मा कुरा उठेपछि उहाँले प्रस्ट कुरा राखेर नैतिकता प्रदर्शन गर्नुभएको छ’, प्रचण्डले भने ,
राजीनामा नदिएको भए यसै विषयलाई उचाल्दै गठबन्धनलाई नै अप्ठ्यारोमा पार्ने षड्यन्त्र भएको पनि प्रचण्डले बताए ।
अनधिकृत व्यक्तिलाई मन्त्रालयमा छिराएर करका दर हेरफेर गर्न लगाएको आरोपपछि बुधबार शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
२३ असार २०७९, बिहीवार १३:०२ बजे प्रकाशित












