कञ्चनपुरमा विद्यालयको छतमाथी युवकको शव फेला

कञ्चनपुरको एक विद्यालयको छतमाथी युवकको शव फेला परेका छ । जिल्लाको भीमदत्त नगरपालिका– ६ एैठपुरका करिव  २२ का प्रेमराज जोशी गोल्डेन बिज स्कुलको छतमा मृत फेला परेका छन् । मंगलबार बिहान जोशी मृतफेला परेको जिल्ला प्रहरी कार्यलय कञ्चनपुरका डिएसपी चक्र बहादुर शाहीले जानकारी दिए ।

सोमबार राती गर्मी भएपछि बिधालयको छतमाथी जोशी र उनका साथीहरु गएका थिए । साथीहरुसंगै बसेर बियर र लागुऔषध प्रयोग गरेका जोशी हिजो बिहान मृत फेला परेका हुन् । ‘प्रारम्भीक अनुसन्धानबाट ओभर डजका कारण मृत्यु भएको देखिन्छ,’ डिएसपी शाहीले भने अनुसन्धानमै छौ । पोष्टमार्टम रिर्पोट आएपछि थप कुरा खुल्छ ।,
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरू लागुऔषध प्रयोगकर्ता रहेको खुलेको छ ।

 

 


२२ असार २०७९, बुधवार १२:२८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु