कैलालीका किसानलाई समयमै पानी नपरेपछि समस्या
कैलालीको धनगढी उपमहानगरपालिका–१५ कनरीका राज कुमार डगौराले एक बिगाह १५ कट्ठा जमीनमा धान खेती लगाउदैँ आएका छन् । आफ्नो र बटैया गरेर उनले एक बिगाह १५ कट्ठा जमीनमा धान खेती लगाउदैँ आएका हुन् । समयमै यस बर्ष पानी नपरेपनि उनीहरु महंङगोमा डिजेल किनेर बोरिङबाट पानी लगाउन बाध्य भएका छन् ।
‘आकाशे पानीको भरमा परेका थियौँ,’ उनले भने अहिलेसम्म पानी नपरेपछि बोरिङबाट पानी लगायौँ । डिजेल पनि महँगो भइसकेको छ, एक घण्टा पानी लगाएको महँगो डिजेल खर्च गरेर खेती गरेको उनले बताए ।
उनी जस्तै कनरीका बिरेन्द्र साउदले पनि यस बर्ष बोरिङबाट पानी लगाउन बाध्य भएका छन् । समयमै पानी नपरेपनि बोरिङबाट पानी लगाउन बाध्य भएको उनले बताए । ‘बोरिङबाट पानी लगाउन धेरै गाह्रो छ एक तिर डिजेलको भाउ महंगो छ,’ उनले भने अर्को तिर बोरिङमा राम्रो संग पानी आउँदैन । समयमै मल पनि नपाएका उनले अहिले सम्म राम्रो संग पानी पनि नपरेपछि खेती लगाउनै समस्या भएको बताए । अरुको बोरिङबाट पानी लगाउदा प्रति घण्टाको २ सय रुपैँया तिर्नु परेको उनले बताए ।
धनगढी –१६ उर्मा गाउँकी रामदुरारी चौधरीले पनि यस बर्ष रोपाइँ बोरिङकै पानीबाट गरिरहेको बताएकी छन् । उनले करिव एक बिगाह जमीन मध्ये १० कट्ठा जती जमीनको रोपाइँ बोरिङकै पानीले गरेको बताइन् ।
‘धानखेती नगरेपनि हुदैँन रामदुरारीले भनिन्,’ कहिले समयमै पानी पर्दैन कहिले बढी पानी परेर धान बिग्रीन्छ । किसान जहीले पनि मारमा पर्ने उनी बताउछिन् । कहिले मल पाइदैँन, कहिले पानी पर्दैन खेती पाती गर्न पनि किसानलाई समस्या रहेको उनी बताउछिन् ।

यस बर्ष कैलालीमा समयमै बर्षा हुन हुन नसकेपछि किसानहरु मारमा परेका छन् । असारको दोस्रो साता सम्म पनि किसानलाई चाहिने जति पानी नपरेपछि उनीहरु समस्यामा परेका छन् । आकाशे पानीको भरमा परेका किसानहरु पानी नपरेपछि खोला नाला नजिकैबाट पम्फसेट लगाएर खेती लगाउन बाध्य भएका छन् । मंगलबार बिहान यहाँ वर्षा भएको छ तर त्यो रोपाइका लागि पर्याप्त नभएको किसानले बताएका छन् ।
१४ असार २०७९, मंगलवार १३:१७ बजे प्रकाशित












