नेपाली राजदूत खत्री र अमेरिकी राष्ट्रपति बाइडेनबीच भेट
अमेरिकाका लागि नवनियुक्त राजदूत श्रीधर खत्री र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच ह्वाइटहाउसमा भेटवार्ता भएको छ । अमेरिकाका लागि राजदूत नियुक्त भएर वासिङ्टन पुगेका खत्रीले ओहोदाको प्रमाणपत्र बुझाउँदा राष्ट्रपति बाइडेनसँग प्रत्यक्ष भेटको अवसर पाएका थिएनन् । त्यतिबेला भर्चुअल रुपमा उनले ओहोदाको प्रमाण बुझाएका थिए ।
राष्ट्रपति बाइडेनले भर्चुअल रुपमा ओहोदाको प्रमाणपत्र बुझाउने राजदूतहरूसँग प्रत्यक्ष भेटका लागि ह्वाइटहाउस बोलाएको र त्यसै अवसरमा नेपाली राजदूत खत्रीले भेटको अवसर पाएका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाको औपचारिक भ्रमण गर्ने तयारी भइरहेका बेला राजदूत खत्री र अमेरिकी राष्ट्रपतिबीच भेट भएको हो । ३० जेठमा भएको यो भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको र बाइडेनले नेपालप्रति चासो देखाएको बताइएको छ ।
११ असार २०७९, शनिवार २१:२९ बजे प्रकाशित












