सेती नदी खोँचमा मृत पुरुष भेटिए

शुक्ल गण्डकी नगरपालिकास्थित सेती नदी खोँचमा आज एक युवक मृत फेला परेका छन् । नाम, थर, वतन नखुलेको र अनुहार चिन्न नसकिने किसिमका अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेका हुन् ।

जिल्लाको शुक्ल गण्डकी नगरपालिका–५ महरियाघाटमा बायाँ हातमा ट्याटु रहेको व्यक्ति भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए ।

मृतक पुरुषको शव परीक्षणका लागि दमौली अस्पतालको शव गृहमा राखी पहिचानका लागि आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

वर्षा यामको समय भएकाले नदी, खोलाले बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


११ असार २०७९, शनिवार २०:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु