राप्रपा नेपालको सुदूरपश्चिम प्रदेश अध्यक्षमा ललित जोशी
राप्रपा नेपालको सुदुरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारी ललित जोशीले पाएका छन् । धनगढीमा जारी सुदुरपश्चिम प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा पार्टी अध्यक्ष थापाले जोशीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएका राप्रपा नेपालले जनाएको छ ।
जोशी राप्रपा नेपालको केन्द्रीय सदस्य थिए । उनी विद्यार्थी कालदेखि नै राजनीतिमा संलग्न जोशीले यसअघि राप्रपाको प्रदेश कोषाध्यक्ष भएर काम गरिसकेका थिए ।
जोशीले सुदूरपश्चिम प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्ने प्रतिवद्धता जनाएका छन् ।
११ असार २०७९, शनिवार १७:५९ बजे प्रकाशित












