रवि लामिछानेको पार्टीविरुद्ध पर्‍याे अर्काे उजुरी

रवि लामिछानेले मंगलबार घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध निर्वाचन आयोगमा अर्को पनि उजुरी परेको छ । बुधबार स्वतन्त्र उम्मेदवारी अभियान समूहले आयोगमा उजुरी दर्ता गराएको हो ।

स्वतन्त्र शब्द राखिएको पार्टीको नामले स्वतन्त्र शब्दको मर्ममै प्रश्न उठाएको भन्दै स्वतन्त्र उम्मेदवारी समूहले उजुरी गरेको हो ।

पार्टीको नाममा रहने स्वतन्त्र शब्दले स्वतन्त्र उम्मेदवारहरूलाई असहज परिस्थति निर्माण हुने समूहले बुझाएको निवेदनमा उल्लेख छ ।

संविधान र कानुनी बुँदा हेरेर आयोगको सचिवालयले सो विषयलाई टुंगो लगाउने प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए ।


८ असार २०७९, बुधवार १४:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु