धनगढीमा लागूऔषधसहित २ जना पक्राउ
धनगढीमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका २ रामजानकी टोल बस्ने १९ वर्षीय दिपेन्द्रबहादुर मल्ल र धनगढी मिलनचोकमा ग्रिनलेण्ड प्लाजाका संचालक २९ वर्षीय चक्रसिंह पार्की पक्राउ परेका हुन् ।
मल्लको कोठाबाट ५ ग्राम लागूऔषध खैरो हेरोइन र पार्कीको होटलबाट ४ ग्राम ३०० लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
उनीहरुको साथबाट ४६ हजार ४०५ नेपाली र ४ हजार भारतीय रुपैयाँ पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए । उनीहरु माथी थप अनुसन्धान भइरहेको छ ।
६ असार २०७९, सोमवार २१:२२ बजे प्रकाशित












