स्विमिङ पुलमा डुबेर युवाको मृत्यु

भैरहवाको स्विमिङ पुलमा डुबेर एक युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी नवरत्न पौडेलले होटल पौवाको स्विमिङ पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षिय सुमित तुलाधरको मृत्यु भएको बताए ।

सिद्धाथनगर नगरपालिकाको स्वामित्वमा रहेको जग्गा शुभ ओम कम्पनीले बाल उद्यान सञ्चालन गर्ने भनेर सम्झौता गरे पनि उद्देश्य विपरित संरचना बनाएर होटल चलाइरहेको छ । होटलको सोही स्विमिङ पुलमा डुबेर स्थानीय युवाको मृत्यु भएको हो ।

गर्मी बढेसँगै स्विमिङ जानेको मानिसको संख्या बढेको छ, । गर्मी छल्न साथीहरुसँग स्वीमिङ गर्न पुगेका तुलाधर सवा ५ बजेतिर पानीमा डुबेका थिए । उद्धार गरी अस्पताल लगिएका उनको उपचारका क्रममा मृत्यु भएको डिएसपी पौडेलले बताए ।

 


४ असार २०७९, शनिवार ०७:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु