सिएल शर्माको शब्द तथा संगीतमा रहेको ‘राधा प्यारी’ सार्वजनिक

गायक तथा सङ्गीतकार सिएल शर्माको शब्द तथा संगीत रहेको ‘राधा प्यारी’ बजारमा सार्वजनिक भएको छ ।

गितमा गायक सुरेन चन्द र गायिका प्रतिमा केसीको  आवाज रहेको छ । राधा प्यारी गितको एरेन्ज विश्व अधिकारीले गरेका छन् भने किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका हुन् ।

गितको भिडियोमा चर्चित मोडल गरिमा शर्मा र प्रिन्स चौहानको दमदार प्रस्तुती रहेको छ ।

भिडियोमा गरिमा राधाको भूमिकामा देखिएकी छिन भने प्रिन्स कृष्णको भुमिकामा छन् । एक प्रेमील जोडीको रमाइलो र सफल भएको प्रेम कथा यस गितको भिडियोमार्फत देखाइएको छ ।

भिडियोको निर्देशक तथा कोरियोग्राफी विक्रम चौहानले गरेका छन् । भिडियो सम्पादन र कलरिङ मिलन विश्वकर्माको रहेको छ भने छायांकन प्रकाश खड्काले गरेका हुन् ।


२ असार २०७९, बिहीवार २१:५६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु