रूपन्देहीमा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ
रूपन्देहीमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । सैनामैना नगरपालिका ३ मुर्गियाका ६० वर्षीय मइते थापालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बालिकाको परिवारले दिएको उजुरीको आधारमा थापालाई पक्राउ गरेको हो। बालिकाले आफूलाई लामो समयदेखि थापाले बलात्कार गर्दै आएको प्रहरीसामु बताएकी छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
२ असार २०७९, बिहीवार १६:४२ बजे प्रकाशित












