देउवा प्रधानमन्त्री हुँदा सेनालाई पत्र लेख्न लगाएको थाहा छ कि छैन ? रावल
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीम रावलले कांग्रेसबाट प्रतिनिधित्व गर्दै स्व प्रधानमन्त्री सुशील कोइरालाले २०१५ मा एसपीपी सम्झौताका लागि पत्र लेख्न लगाएको थाहा छ कि छैन भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमा रक्षा मन्त्रालयलाई प्रश्न उठाउँदै सांसद रावलले २०१७ मा स्वयम् प्रधानमन्त्री देउवाले पनि एसपीपीका लागि सेनालाई पत्र लेख्न लगाएको बताए ।
यसमा प्रधानमन्त्रीको तर्फबाट जवाफ दिन संसद्मा उपस्थित भएका गृहमन्त्री खाँणबाट उनले जवाफ माग गरेका छन् ।
२ असार २०७९, बिहीवार १४:४५ बजे प्रकाशित












