कर्णाली प्रदेशले ल्यायो ३२ अर्ब ६१ करोड ६१ लाखको बजेट
कर्णाली प्रदेश सरकारले ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजारको बजेट ल्याएको छ ।
बुधबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले आगामी आर्थिक वर्ष २०७९-८० का लागि ३२ अर्ब ६१ करोड ६१ लाख ६३ हजार रुपैयाँको बजेट पेस गरेका हुन् ।
सरकारले पूँजीगततर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यो कुल बजेटको ५९.५८ प्रतिशत हो । सरकारले चालुतर्फ भने ९ अर्ब १६ करोड ९९ लाख १० हजार अर्थात् २८.११ प्रतिशत बजेट विनियोजन गरेको छ ।
यसैगरी वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब १ करोड ५७ लाख २९ हजार अर्थात् १२.३१ प्रतिशत बजेट विनियोजन गरिएको आर्थिक मामिलामन्त्री विष्टले जानकारी दिए ।
१ असार २०७९, बुधवार २०:०५ बजे प्रकाशित












