सुदूरपश्चिम सरकारद्धारा ३६ अर्व ७४ करोड ६४ लाख बजेट विनियोजन (पूर्णपाठ)

सुदूरपश्चिम सरकारले अगामी आर्थिक वर्ष २०७९/०८० का लागि ३६ अर्व ७४ करोड ६४ लाख ६५ हजार बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशसभा बैठकमा बुधबार बजेट प्रस्तुत गर्दै आर्थिक मामिला मन्त्री प्रकाश रावलले सो बजेट विनियोजन गरिएको बताए ।

जसमा चालुतर्फ १२ अर्व २९ करोड ५९ लाख ८४ हजार अर्थात ३३ दशमलव ४६ प्रतिशत र पुजिगत तर्फ २४ अर्व १४ करोड ४७ लाख ६१ हजार अर्थात ६५ दशमलव ७४ प्रतिशत बजेट विनियोजन गरिएको छ । त्यस्तै अन्तर सरकार वित्तिय हस्तान्तरण तर्फ १ अर्व ३६ करोड ४९ लाख अर्थात ३ दशमलव ७३ प्रतिशत बजेट विनियोजन गरिएको बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले स्वास्थ्य क्षेत्रका लागि एक अर्ब ६ करोड बढी बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला मन्त्री रावलले स्वास्थ्य सेवा सुधारका लागि १ अर्ब ६ करोड २६ लाख बजेट विनियोजन गरिएको जनाएका हुन् । स्वास्थ्य क्षेत्रतर्फ प्रदेशमा रहेका प्रादेशिक र जिल्ला अस्पतालमा सेवा विस्तारको योजना अटाएका छन्।

सुदूरपश्चिममा खानेपानी संरचना निर्माण तथा पुन निर्माणमा १ अर्ब ६७ करोड ९७ लाख बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारले सडक पूर्वाधारमा सडक पूर्वाधारका लागि मात्रै ५ अर्ब ६० करोड ११ लाख बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले गत वर्ष बाढी पहिरोबाट प्रभावित क्षेत्रका लागि विशेष बजेट विनियोजन गरेको छ । गत वर्ष वर्षाले विभिन्न संरचना क्षति पुगाएको भन्दै ती संरचनाको एकीकृत पूर्वाधार निर्माण एवम् पुनः स्थापना गरी पीडितहरूको संरक्षण र सम्भावित जोखिम न्यूनीकरणका लागि ६९ लाख विनियोजन गरिएको छ ।

यस्तै प्रदेशका सेती, महाकाली र कर्णालीमा जल यातायात सञ्चालन गर्ने बताएको छ । सुदूरपश्चिम सरकारले सहिदका परिवार तथा जनयुद्ध प्रभावितका १२ करोड बजेट विनियोजन गरेको छ।
त्यस्तै प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ ।
प्रदेश सरकारले यातायात कार्यालय डडेल्धुरा र डोटीबाटै सबै सेवा उपलब्ध गराइने जनाएको छ । ती कार्यालयबाटै लाइसेन्स वितरण र कर बुझाउन सकिने बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री रावलले नदीमा जल यातायात सञ्चालन गरिनुका साथै व्यापारिक र पर्यटकीय क्षेत्रमा केबलकार सञ्चालन गर्न बजेट विनियोजन गरेको बताए ।
सडक दुर्घटना न्यूनीकरणका लागि सिसी क्यामेरा र सडक बत्तीको लागि ४ करोड ५० लाख बजेट विनियोजन गरिएको छ ।
आम सञ्चार एवम् पत्रकारिता क्षेत्रको क्षमता विकास, मिडिया सेन्टर भवन , पत्रकार महासंघ बझाङ र अछामको भवन निर्माण तथा पत्रकार अक्षय कोष, लोक कल्याणकारी विज्ञापनका लागि १ करोड २० लाख बजेट विनियोजन गरिएको छ ।

प्रदेशको प्रतिभालाई उजागर गर्न जयपृथ्वी पुरस्कार निरन्तरता दिइएको बजेटमा उल्लेख गरिएको छ । प्रदेश सभाको लागि ३० करोड ८ लाख बजेट विनियोजन गरिएको छ भने प्रदेश पूर्वाधार विकास कार्यक्रम खारेज गरिएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९का लागि ३० अर्ब ३३ करोडको बजेट ल्याएको थियो ।

बजेट भाषण हेर्न यहाँ क्लिक गर्नुस्

बजेट_भाषण_२०७९।८०


१ असार २०७९, बुधवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु