सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गरिने
प्रदेश सरकारले सुदूरपश्चिम स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्ने भएको छ। प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाश रावलले आज प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै प्रतिष्ठान सञ्चालन गरिने जानकारी दिएका हुन्।
आगामी आर्थिक वर्षभित्रै स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालन गर्न बजेट विनियोजन गरिएको हो।
१ असार २०७९, बुधवार १७:४९ बजे प्रकाशित












