सुदूरपश्चिम प्रदेश सरकारको बजेट भाषण सुरु (लाइभ)
सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/८० का लागि अहिले प्रदेशसभामा वार्षिक बजेट प्रस्तुत हुँदैछ।
प्रदेशसभाको बैठकमा सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर रावलले बजेट प्रस्तुत गरिरहेका छन् ।
प्रदेश सरकारले चालू वर्षकोभन्दा बढी बजेट ल्याउने तयारी गरेको हो ।आर्थिक मामिला मन्त्रालयका अनुसार सरकारले चालु आर्थिक वर्षको भन्दा झण्डै ५ अर्बले बढाएर ३५ अर्ब भन्दा बढीको बजेट ल्याउने तयारी छ ।
१ असार २०७९, बुधवार १७:२३ बजे प्रकाशित












