धनगढीमा कार संसारको शोरुम संचालनमा

धनगढी उपमहानगरपालिका ३ बोराडाडीमा कार सजाउनका लागि कार संसार शोरुम संचालनमा आएको छ । बुधबार कार संसारको कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुंवरले उदघाटन गरेका छन ।

करिब ५० लाखको लगानीमा शुरुभएको कार संसारको यो पाचौं शाखा हो । बुटवल मुख्य शाखा रहेको कार संसारको नारायणघाट, भैरहवा र नेपालगन्जमा शोरुम संचालनमा रहेको संचालक देवराज अर्यालले बताए ।

कार सजाउनका लागि सम्पुर्ण समानहरु उपलब्ध रहेको बताउदै संचालक अर्यालले भारत भन्दा पनि सस्तो रेटमा समान उपलबध रहेको बताए । उदघाटन कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको उपस्थिति रहेको थियो ।

 


१ असार २०७९, बुधवार १६:१० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु