आज ६ सय रुपैयाँले घट्यो सुनको मुल्य

नेपाली बजरामा बुधबार सुनको मूल्य घटेको छ । साताको चौथो दिन बुधबार बजारमा सुनको मूल्य ६०० रुपैयाँ घटेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९७ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ९६ हजार ५०० रुपैयाँमा कायम भएको छ ।

तेजावी सुन प्रतितोलामा ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदी प्रतितोलामा १ हजार २४५ रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ । यो मंगलबार कायम भएको मूल्य हो ।


१ असार २०७९, बुधवार १२:३० बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु