आजदेखि मतदाता नामावली संकलन हुँदै

निर्वाचन आयोगले बुधबारबाट पुनः मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गर्ने भएको छ।

‘सबै निर्वाचन कार्यालय र सबै जिल्ला प्रशासन कार्यालय एवं ७३ वटा इलाका प्रशासन कार्यालयबाट मतदाता नामावली संकलन हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेका नागरिकले स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने उनले बताए।

मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी ९निर्वाचन अधिकारी० ले आवश्यक निर्णय गरी त्रुटि सच्याउने समेत उनले जनाए।

प्रवक्ता पौडेलेका अनुसार कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्नेछ।

 


१ असार २०७९, बुधवार ०९:४७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु