योगेश भट्टराईले मागे अर्थमन्त्री शर्माको राजीनामा

बजेट निर्माणको क्रममा रातारात ‘खेताला विज्ञ’ ल्याएर करको दर परिवर्तन गरिएको भन्दै सदनमा अर्थमन्त्री जनार्थन शर्माको राजीनामा मागिएको छ ।

प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गराएको समाचार उल्लेख गर्दै अर्थमन्त्री शर्माले राजीनामा दिनुपर्ने बताएका हुन् ।

सोमबार सञ्चारमाध्यममा बजेट ल्याउने अघिल्लो दिन १४ जेठको मध्यरातमा अर्थमन्त्री शर्माले पूर्वनासुलाई मन्त्रालयमा लगेर करको दररेट परिवर्तन गरेको समाचार आएपछि संसदमा प्रतिपक्षी दल एमालेले अर्थमन्त्रीले राजीनामा मागेको हो ।

 

 


३० जेठ २०७९, सोमवार १२:३६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु