असारदेखि सातामा ६ दिन सेयर कारोबार

असारदेखि सातामा ६ दिन सेयर बजार खुल्ने भएको छ । सरकारले जेठदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्दै आइतबार बिदा दिएपछि आइतबार बन्द गर्दै नेप्सेले शुक्रबार कारोबार सुचारु गरेको थियो ।

तर, सरकारले असार १ गतेबाट लागु हुनेगरी सातामा दुई दिन सार्वजनिक बिदाको निर्णय फिर्ता लिँदै आइतबारको बिदा कटौती गरेसँगै नेप्सेले आइतबार र शुक्रबार समेत गरी सातामा ६ दिन सेयर कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

नेप्सेको प्रवक्ता मुराहरी पराजुलीको अनुसार आइतबारदेखि बिहीबारसँग ११ बजेदेखि ३ बजेसमम नियमित ४ घण्टा र प्रि–ओपन सेसनको १५ मिनेट कारोबार हुनेछ । यस्तै, शुक्रबार भने प्रि–ओपन सेसनको १५ मिनेट र नियमित सेसनमा भने ११ बजेदेखि १ बजेसम्म २ घण्टा सेयर कारोबार हुनेछ ।

ब्रोकर एसोसिएसनको निर्वतमान अध्यक्ष भरत रानाभाट सातामा ६ दिन सेयर कारोबार गर्दा सकारात्मक नै हुने बताउँछन् । विगतमा पनि ब्रोकरले सेटलमेन्टका लागि मात्रै शुक्रबार कार्यलय खोल्ने गरको भन्दै अरू दिनमा सेटमेन्ट र कारोबार दुवै हुँदा शुक्रबार पनि सेटलमेन्ट र कारोबार दुवै गर्न सकिने बताउँछन् ।

दुई दिन सार्वजनिक बिदा हुँदा सातामा ६ दिन कारोबार र पाँच दिन नै सेटलमेन्ट हुने गरेको भन्दै अब १ दिन मात्रै बिदा हुँदा ६ दिन नै कारोबार र ६ दिन नै सेटलमेन्ट गर्न सकिने उनले बताए ।


३० जेठ २०७९, सोमवार १२:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु