बारामा पुलबाट मोटरसाइकल खस्दा दुई जनाको मृत्यु
बारामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका वडा नम्बर -८ थलही पुलस्थित हुलाकी राजमार्ग सडकखण्डमा बरियापुरबाट लंगडाचोक जाँदै गरेको मोटरसाइकल आइतबार राति पुलबाट खसेर दुर्घटना भएको थियो ।
मृत्यु हुनेमा मोटरसाइकलका चालक सुवर्ण गाउँपालिका वडा नम्बर- ७ सनफुल्वाका ३५ वर्षीय बिरुलाल यादव र पछाडि बसेका भारतको मोतिहारी पूर्वी चम्पारण समरपुर–२ का ३० वर्षीय मेवाचन्द्र राय यादव रहेका छन् ।
प्र–०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पुलबाट तल खसेको हो ।
३० जेठ २०७९, सोमवार ११:४१ बजे प्रकाशित












