कतिले घट्यो आज सुनको मुल्य
आज सोमबार सुनको भाउमा ३०० रुपैयाँले गिरावट आएको छ । आइतबार तोलाको ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा झरेको छ ।
आज तेजाबी सुनको भाउ पनि प्रतितोला ३ सय रुपैयाँले नै घटेर ९८ हजार ४ सय रुपैयाँ आईपुगेको छ । आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा किनबेच भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
३० जेठ २०७९, सोमवार ११:५० बजे प्रकाशित












