ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ भाँसीस्थित पूर्व–पश्चिम राजमार्गमा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा शनिवार मोटरसाइकल चालकको मृत्यु भएको छ।

से २ प ५६५८ नम्बरको मोटरसाइकललाई से १ त ९६६८ नम्बरको ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक भीमदत्त नगरपालिका १ बाराकुण्डाका ४० वर्षीय तेजसिंह धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले बताए।

उनका अनुसार बेदकोट नगरपालिका–१० का २५ वर्षीय ट्याक्टर चालक राकेश रानालाई नियन्त्रणमा लिइएको छ।


२८ जेठ २०७९, शनिवार १७:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु