चुनावको दिन संसद भवनअगाडि ग्यास सिलिण्डर विस्फोट गराउनेहरू थुनामा

स्थानीय निर्वाचनको समयमा बैशाख ३० गते बिहान २ बजे एलपीजी ग्यास सिलिण्डर विष्फोट गराउन खोज्ने चारजनालाई पुर्पक्षको लागि थुनामा पठाइएको छ । काठमाडौं जिल्ला अदालतको आदेश बमोजिम उनीहरुलाई थुनामा राखेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा गोरखा जिल्ला लखन गाउँपालिका–५ घर भई हाल काठमाडौंको कपन बस्ने वर्ष २९ को हरि कृष्ण थापा, काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–९ घर भई हाल ललितपुर, महालक्ष्मी नगरपालिका–५ टिकाथली बस्ने वर्ष २८ का करण श्रेष्ठ भोजपुर, राम प्रसाद राई गाउँपालिका–६ घर भई हाल भक्तपुर, चागुनारायण– १ दुवाकोट बस्ने वर्ष २८ को युवराज थापा र खोटाङको कोटेहाङ गाउँपालिका–८ घर भएका हुने बर्ष ३६ का बि। के। सिं। भन्ने भरत कुमार राई हुन् ।

उनीहरुले काठमाडौं महामनगरपाकिला वडा नं। ३१ स्थित नयाँ बानेश्वर सडकखण्डमा एलपीजी ग्यास सिलिण्डर विस्फोट गराएका थिए । सिलिण्डर विस्फोट हुँदा बिके कम्प्लेक्समा रहेको दृष्टि आँखा केन्द्रको भवन तथा साइन ग्लोबल एजुकेसनल कन्सलटेन्सी रहेको घरमा सिसा फुटेर क्षति भएको थियो ।


२७ जेठ २०७९, शुक्रवार १३:०७ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु