सुर्खेतमा ४ दिनदेखि हराइरहेकी बालिकाको शव मकैबारीमा भेटियो

सुर्खेतमा ४  दिनदेखि हराइरहेकी एक बालिकाको शव मकैबारीमा भेटिएको छ। शुक्रबादेखि हसुर्खेतराएकी गुर्भाकोट नगरपालिका–५ की ७ वर्षीया गृष्मा विकको शव मंगलबार बिहान घर नजिकैको मकैबारीमा भेटिएको हो।

घटनामा संलग्न रहेको आशंकामा प्रहरीले सोही ठाउँका एक २० वर्षीय युवकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल रक्तकाली गणका गणपति विमल डाँगीले बताए। २१ गते हजुरआमासँग धारापानी गएकी उनी घर फर्किने क्रममा बाटोबाटै हराएकी थिइन्।

उनका बुवा मजदुरीका लागि भारत गएका छन् भने आमाको मृत्यु भइसकेको छ। बालिकाको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

 


२४ जेठ २०७९, मंगलवार १५:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु