punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

‘उत्कृष्ट’ नारा लेख्नेलाई गृह मन्त्रालयले पुरस्कार दिने

Chaupati
safha napa

गृह मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ९जुन २६०का अवसरमा उपयुक्त नारा संकलन गर्ने भएको छ । ुउत्कृष्टु नारालाई पुरस्कृत समेत गर्नेछ ।

एक सूचनामार्फत मन्त्रालयले मौलिक तथा सन्देशमूलक नारा सिर्जना गरी पठाउन आग्रह गरेको छ । त्यस्तो नारा यही जेठ २५ गतेभित्र मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण शाखाको इमेल ठेगाना

(drug@moha.gov.np) मा पठाउन सकिनेछ । मन्त्रालयका अनुसार नारा लागुऔषध दुरुपयोग, ओसारपसार, रोकथाम तथा नियन्त्रण गर्न सहयोग पुर्‍याउने सन्देश दिने खालको हुनुपर्नेछ । नारा बढीमा १० शब्दको र नेपाली भाषामा लेखिएको हुनुपर्नेछ । नाराले दिन खोजेको सन्देशबारे छोटकरीमा व्याख्या गरिएको हुनुपर्नेछ ।

उत्कृष्ट नारा पठाउने पाँचजनालाई पुरस्कारस्वरूप जनही नगद दुई हजार रुपैयाँ बैंक खातामार्फत उपलब्ध गराइनेछ ।


२३ जेठ २०७९, सोमवार १०:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु