प्रतिकुल मौसमका कारण जहाजको खोजी कार्य आजलाई स्थगित
नेपाली सेनाले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्यलाई स्थगित गरेको छ । अन्धकार र प्रतिकुल मौसमका कारण आजको खोजी कार्य रोकिएको सैनिक प्रवक्ता नारायण सिलवालले बताए ।
सिलवालले भने, ‘भोलि बिहानैबाट फेरि स्थल र हवाई दुवै मार्गबाट खोजी कार्य सुरु हुनेछ ।’ अहिले सेनाको हवाई उद्दार टोली जोमसोममा फर्किएको उनले बताए ।
जहाजमा १६ नेपाली र भारतीय नागरिकसहित ६ जना विदेशी नागरिक सवार थिए । आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको जहाज १०ः११ बजेदेखि सम्पर्कविहीन भएको थियो ।
१५ जेठ २०७९, आइतवार २१:५१ बजे प्रकाशित





























