पूर्वी टिमोरमा ६.१ म्याग्निच्युडको भूकम्प

टिमोर । पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यस भूकम्पले हिन्द महासागर क्षेत्रमा सुनामी उत्पन्न गर्न सक्ने सुनामी सल्लाहकार समूहले जानकारी दिएका छन्।

पूर्वी टिमोर र इन्डोनेसियाबीचमा विभाजित टिमोर टापुको पूर्वी सिराबाट ५१।४ किलोमिटर गहिराइमा भूकम्प गएको यूएसजीएसले जनाएको छ । पूर्वी टिमोरको राजधानी डिलीमा एएफपी समाचार समितिका एक पत्रकारले भूकम्पको धक्का महसूस गरेको, तर मानिसहरू सामान्य रूपमा आफ्नो गतिविधिमा गएका बताएका छन्।


१३ जेठ २०७९, शुक्रवार २१:३४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु