काठमाडौँको मेयरमा बालेन र उपमेयरमा सुनिता डंगोल निर्वाचित
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह निर्वाचित भएका छन् भने उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोल विजयी भएकी छिन् ।
निर्वाचन आयोगका अनुसार मतगणना बिहीबार नै सम्पन्न भए पनि अन्तिम मत परिणाम भने शुक्रबार बिहान मात्रै घोषणा गरिनेछ ।
अन्तिम मत परिणाम अनुसार बालेन साहले ६१ हजार ७६७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिंहले ३८ हजार ३४१ मत ल्याइन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत ल्याए ।
उपमेयरमा एमालेकी सुनिता डंगोलले नेकपा एसका रामेश्वर श्रेष्ठलाई भारी मतान्तरले पराजित गर्दै उपमेयरमा विजयी भएकी छिन् । उनले ६८ हजार ६१२ मत ल्याइन् भने श्रेष्ठले २३ हजार ८०६ मत प्राप्त गरे ।
१३ जेठ २०७९, शुक्रवार ०७:२३ बजे प्रकाशित













