काठमाडौंको मतगणना अन्तिम चरणमा, मेयरमा बालेन साह निश्चित
काठमाडौं महानगरपालिकाको मेयरमा विजय निश्चित भइसकेका बालेन साहले अहिलेसम्म ५९ हजार भन्दा धेरै मत पाएका छन् । आज बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार बालेनले अहिलेसम्म ५९ हजार १४९ मत प्राप्त गरेका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३७ हजार ५४२ मत पाएकी छन् । उनी सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बनेकी थिइन् । नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत ल्याएका छन् ।
चौथो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले हालसम्म १३ हजार ३५४ मत प्राप्त गरेका छन् । वडा नम्बर १४, १५ र १६ को मत गन्न बाँकी छ ।अहिलेसम्म २९ वटा वडाको मतगणना सकिएको छ ।
१२ जेठ २०७९, बिहीवार ०८:२४ बजे प्रकाशित












