दैलेखमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

दैलेखको आठबिस नगरपालिका २ स्थित सिस्नेमा भएको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म१ख ६६० नम्मबरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका- ३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर साहले जानकारी दिए ।

बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।


१२ जेठ २०७९, बिहीवार ०८:३३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु