बालिका कुटपिटपछि झुन्डिएर आत्महत्या

कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखाममा एक जनाले बालिका कुटपिटपछि आत्महत्या गरेका छन् ।
उल्टाखामका ३४ वर्षीय दिनेश मालीले आज आफ्नै घरको कोठामा झुन्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
छिमेकी ११ वर्षीया बालिकामाथि कुटपिट गरेपछि मालीले झुन्डिएर आत्महत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।

कुटपिटपछि बालिकाको आँखा, घाँटीमा चोट लागेको छ। बालिकाको परिवारले भने जबरजस्ती करणीको प्रयास गरेको आशंका गरेको छ ।

बालिकाको अहिले  धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । घट्ना सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


१० जेठ २०७९, मंगलवार १६:०६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु