धनगढी उपमहानगरपालिका -८ को वडा अध्यक्षमा एमालेका चौधरी विजयी
धनगढी उपमहानगरपालिका वडा नम्बर -८ को वडा अध्यक्षमा नेकपा एमालेका जुगराम चौधरी विजयी भएका छन्। उनले १ हजार ५२ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका देवराज जोशीले १ हजार ४४ मत ल्याएका छन्। यस्तै माओवादी केन्द्रका विश्वजित चौधरीले १५३ मत ल्याएका छन्। उक्त वडाका सदस्यमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्।
७ जेठ २०७९, शनिवार २१:५९ बजे प्रकाशित












