जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, ८ जना घाइते

हेटौंडा जोड्ने छोटो मार्गअन्तर्गतको इन्द्रसरोबर गाउँपालिकामा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

इन्द्रसरोवर–२, कुलेखानीस्थित सिमखोलामा ना ४ च २३१५ नम्बरको योद्धा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । मृतकको सनाखत हुन सकेको छैन् । मृतकको शव हेटौंडा अस्पताल पठाइएको छ ।

वीरगञ्जबाट काठमाडौं जाँदै गरेको जिप दुर्घटनमा परेको हो । जिपमा सवार ८ जना घाइते भएका छन् । घाइतेमध्ये २ जनालाई काठमाडौं र ६ जनालाई हेटौंडा पठाइएको इलाका प्रहरी कार्यालय भिमफेदीकी प्रहरी निरीक्षक प्रतिमा कार्कीले जानकारी दिइन् ।


७ जेठ २०७९, शनिवार २०:२१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु