कैलालीमा चोरी भयो मन्दिरको घण्टी
कैलालीको गोदावरी – ६ लालपुरमा रहेको एक मन्दिरको घण्टी चोरी भएको छ । शुक्रबार राती लालपुरको कालशैनी मन्दिरमा रहेको मन्दिरको घण्टी चोरी भएको हो ।
उक्त घण्टी १२ बर्ष पहिले मन्दिरमा राखिएको स्थानीय संकर खड्काले जानकारी दिए ।
७ जेठ २०७९, शनिवार १०:३४ बजे प्रकाशित












